Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

यूकेमा नयाँ प्रकारको कोरोना भाइरस कहर : २४ घण्टामा ३९ हजार भन्दा बढी संक्रमित फेला, ७४४ जनाको मृत्यु

यूकेमा नयाँ प्रकारको कोरोना भाइरस कहर : २४ घण्टामा ३९ हजार भन्दा बढी संक्रमित फेला, ७४४ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन : यूकेमा पछिल्लो केही समययता कोरोना भाइरसको म्युटेसन भएर नयाँ प्रकारको भाइरस देखा परिरेहको छ । यही कारण अहिले यूके लगायत विश्व नै यसलाई कसरी नियन्त्रण गर्ने र खोपले काम गर्छ की गर्दैन भन्ने विषयमा चिन्तित बनेका छन्।

यही बेला गत २४ घण्टामा यूकेमा ३९ हजार २३७ जना नयाँ प्रकारका भाइरस संक्रमित फेला परेको जनाइएको छ । उता २४ घण्टामा ७४४ जनाको मृत्यु भएको छ ।

कोरोना महामारी शुरु भएदेखि यूकेमा यति धेरै संख्यामा संक्रमित फेला परेको र मृत्यु भएको पहिलोपटक भएको बीबीसी लगायतका सञ्चारमाध्यमले जनाएका छन्। यूकेमा नयाँ प्रकारको भाइरसको महामारी देखा पर्न थालेपछि अन्य देशहरुले त्यहाँबाट आउने उडानहरुमा प्रतिबन्ध लगाइसकेका छन्।

अन्य देशहरुमा पनि कोरोना भाइरसको म्युटेसन हुनसक्ने भन्दै विज्ञहरुले सबैलाई सचेत हुन आग्रह गरिरहेका छन्।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि