यूकेमा नयाँ प्रकारको कोरोना भाइरस कहर : २४ घण्टामा ३९ हजार भन्दा बढी संक्रमित फेला, ७४४ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन : यूकेमा पछिल्लो केही समययता कोरोना भाइरसको म्युटेसन भएर नयाँ प्रकारको भाइरस देखा परिरेहको छ । यही कारण अहिले यूके लगायत विश्व नै यसलाई कसरी नियन्त्रण गर्ने र खोपले काम गर्छ की गर्दैन भन्ने विषयमा चिन्तित बनेका छन्।
यही बेला गत २४ घण्टामा यूकेमा ३९ हजार २३७ जना नयाँ प्रकारका भाइरस संक्रमित फेला परेको जनाइएको छ । उता २४ घण्टामा ७४४ जनाको मृत्यु भएको छ ।
कोरोना महामारी शुरु भएदेखि यूकेमा यति धेरै संख्यामा संक्रमित फेला परेको र मृत्यु भएको पहिलोपटक भएको बीबीसी लगायतका सञ्चारमाध्यमले जनाएका छन्। यूकेमा नयाँ प्रकारको भाइरसको महामारी देखा पर्न थालेपछि अन्य देशहरुले त्यहाँबाट आउने उडानहरुमा प्रतिबन्ध लगाइसकेका छन्।
अन्य देशहरुमा पनि कोरोना भाइरसको म्युटेसन हुनसक्ने भन्दै विज्ञहरुले सबैलाई सचेत हुन आग्रह गरिरहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण