Health TV Online
Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नयाँ भाइरसको डर : यूकेबाट आएका सबै यात्रुलाई अनिवार्य होटल क्वारेन्टाइनमा बस्न मन्त्रालयको निर्देशन

पुष १ देखि ७ गते सम्म नेपाल भित्रिएका सबैले पीसीआर परीक्षण गर्नुपर्ने

नयाँ भाइरसको डर : यूकेबाट आएका सबै यात्रुलाई अनिवार्य होटल क्वारेन्टाइनमा बस्न मन्त्रालयको निर्देशन

हेल्थ टिभी अनलाइन\ काठमाडौं:  यूकेमा नयाँ प्रकारको भाइरसको प्रकोप फैलिरहेका बेला यही समय नेपाल आएका यात्रुलाई अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्न सरकारले निर्देशन दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष १ देखि ७ गतेसम्म यूकेबाट नेपाल आएका र यूके हुँदै नेपाल आएका सबै यात्रुलाई १० दिन क्वारेन्टाइनमा बस्न निर्देशन दिएका हुन्। उनले भने, यूकेमा यतिबेला नयाँ प्रकारको भाइरसको प्रकोप फैलिएको छ । त्यसैले सबैलाई अनिवार्य पीसीआर परीक्षण गर्न र १० दिन होटल क्वारेन्टाइनमा बस्न आग्रह गर्दछौं ।’

यसका लागि उनले सरकारी प्रयोगशालामा गएर नि शुल्क परीक्षण गर्न सकिने समेत जनाए । यूकेमा नयाँ प्रकारको कोरोना भाइरस देखा परेपछि यतिबेला सबैको टाउको दुखाई बनेको छ । नेपालमा पनि सम्भावना रहेको भन्दै आजैदेखि उच्च सतर्कता अपनाउनका लागि सरकारले  यूकेबाट आउने र सोही स्थान हुँदै आउने सबै उडान बन्द गरेको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि

भिटामिन ए खुवाउने कार्यक्रम आज पनि