नयाँ भाइरसको डर : यूकेबाट आएका सबै यात्रुलाई अनिवार्य होटल क्वारेन्टाइनमा बस्न मन्त्रालयको निर्देशन
पुष १ देखि ७ गते सम्म नेपाल भित्रिएका सबैले पीसीआर परीक्षण गर्नुपर्ने
हेल्थ टिभी अनलाइन\ काठमाडौं: यूकेमा नयाँ प्रकारको भाइरसको प्रकोप फैलिरहेका बेला यही समय नेपाल आएका यात्रुलाई अनिवार्य रुपमा होटल क्वारेन्टाइनमा बस्न सरकारले निर्देशन दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष १ देखि ७ गतेसम्म यूकेबाट नेपाल आएका र यूके हुँदै नेपाल आएका सबै यात्रुलाई १० दिन क्वारेन्टाइनमा बस्न निर्देशन दिएका हुन्। उनले भने, यूकेमा यतिबेला नयाँ प्रकारको भाइरसको प्रकोप फैलिएको छ । त्यसैले सबैलाई अनिवार्य पीसीआर परीक्षण गर्न र १० दिन होटल क्वारेन्टाइनमा बस्न आग्रह गर्दछौं ।’
यसका लागि उनले सरकारी प्रयोगशालामा गएर नि शुल्क परीक्षण गर्न सकिने समेत जनाए । यूकेमा नयाँ प्रकारको कोरोना भाइरस देखा परेपछि यतिबेला सबैको टाउको दुखाई बनेको छ । नेपालमा पनि सम्भावना रहेको भन्दै आजैदेखि उच्च सतर्कता अपनाउनका लागि सरकारले यूकेबाट आउने र सोही स्थान हुँदै आउने सबै उडान बन्द गरेको छ ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै