थप ७४३ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ । यी मध्ये २ लाख ४६ हजार ६६१ जना संक्रमणमुक्त भएका छन्।
पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका संक्रमितसहित देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ सय ३ पुगेको छ ।
उता आज मात्रै ९५२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्। हाल देशभर ७ हजार ५१५ जना मात्र सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा