आज थप ७२२ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर जम्मा ७२२ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको हो । यसैगरी यी मध्ये हालसम्म २ लाख ४५ हजार ७०९ जना निको भएका छन्।
उता आज देशभर ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित कोरोना संक्रमणबाट देशभर मृत्यु हुनेको संख्या १७ सय ९८ पुगेको छ । हाल देशभर ७ हजार ७२९ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा