अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले लगाए कोरोना विरुद्धको खोप
हेल्थ टिभी अनलाइन : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन्।
उनले खोप लगाएको टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण गरिएको थियो। बाइडेनकी श्रीमती डा जिल बाइडेनले पनि खोप लगाएकी छन्।
कोरोना विरुद्धको खोप लगाउनु सुरक्षित रहेको भन्ने सन्देश सर्वसाधारणमा प्रवाह गर्न आफूले सार्वजनिक रुपमा खोप लगाएको उनले बताएका छन्।
बाइडेनले गृहराज्य डेलावरमा खोपको पहिलो डोज लिएका हुन् ।
चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमणको कारण अहिले सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा