२४ घण्टामा ६३५१ पीसीआर परीक्षण, ७४२ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा थप ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६३५१ जनाको पीसीआर परीक्षण गर्दा थप ७४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसहित हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ५४ हजार ५१४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ७ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय ९५ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा