देशभर ३१६ सिकिस्त कोरोना संक्रमित, ४ हजार ८३७ जना होम आइसोलेसनमा
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा हाल ३१६ जना सिकिस्त कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर २६५ जना संक्रमितको आईसीयूमा र ५१ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइहरेको जनाएको छ । आइतबारसम्मको तथ्यांक अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ८ हजार ३२० रहेको छ ।
यी मध्ये ४ हजार ८३७ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । देशभर हालसम्म २ लाख ५३ हजार ७७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यीमध्ये ९६ प्रतिशत अर्थात २ लाख ४३ हजार ६६४ जना संक्रमणमुक्त भइसकेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा