काठमाडौं उपत्यकामा थप २३८ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं उपत्यकामा आज थप २३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ५८८ जना संक्रमित थपिंदा काठमाडौं उपत्यकामा मात्र २३८ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज संक्रमण पुष्टि हुनेहरुमा काठमाडौंका १७९ जना, भक्तपुरका २६ जना र ललितपुरका ३३ जना रहेका छन्।
नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ । हाल देशभर ८ हजार ३२० सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा