थप ५८८ जनामा कोरोना पुष्टि, ११ जना संक्रमितको मृत्यु
१०९७ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ५८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ५८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार ७७२ पुगेको छ । यीमध्ये २ लाख ४३ हजार ६६४ जना निको भएका छन्।
पछिल्लो २४ घण्टामा देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय ८८ पुगेको छ ।
हाल देशभर ८ हजार ३२० सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा