Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर 0.७० प्रतिशत

नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर 0.७० प्रतिशत

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणबाट हुने मृत्युदर शुन्य दशमलब ७० प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुने दर शुन्य दशमलब ७० प्रतिशत रहेको जनाएको छ । अन्य देशको तुलनामा नेपालमा मृत्यदर कम भए पनि पछिल्लो समय भने यो दर केही बढेको मन्त्रालयले जनाएको छ । विश्वको तथ्यांक हेर्ने हो भने औसतमा कोरोना संक्रमणबाट हुने मृत्युदर ३ प्रतिशत रहेको पाइन्छ ।

हाल देशभर २ लाख ५३ हजार १८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ती मध्ये १७ सय ७७ जनाको मृत्यु भएको छ । यो भनेको कुल संक्रमितको शुन्य दशमलब ७० प्रतिशत हो । उता संक्रमितमध्ये ९५ दशमलब ८ प्रतिशत अर्थात २ लाख ४२ हजार ५६७ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ८ हजार ८४० जना सक्रिय संक्रमित रहेका छन्। उता ४२१ जना कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन्। नेपालमा कुल संक्रमितमध्ये ३४ दशमलब ५ प्रतिशत महिला र ६६ दशमलश ५ प्रतिशत पुरुष रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै