नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर 0.७० प्रतिशत
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणबाट हुने मृत्युदर शुन्य दशमलब ७० प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना संक्रमण भएर मृत्यु हुने दर शुन्य दशमलब ७० प्रतिशत रहेको जनाएको छ । अन्य देशको तुलनामा नेपालमा मृत्यदर कम भए पनि पछिल्लो समय भने यो दर केही बढेको मन्त्रालयले जनाएको छ । विश्वको तथ्यांक हेर्ने हो भने औसतमा कोरोना संक्रमणबाट हुने मृत्युदर ३ प्रतिशत रहेको पाइन्छ ।
हाल देशभर २ लाख ५३ हजार १८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ती मध्ये १७ सय ७७ जनाको मृत्यु भएको छ । यो भनेको कुल संक्रमितको शुन्य दशमलब ७० प्रतिशत हो । उता संक्रमितमध्ये ९५ दशमलब ८ प्रतिशत अर्थात २ लाख ४२ हजार ५६७ जना संक्रमित निको भएको मन्त्रालयले जनाएको छ ।
हाल देशभर ८ हजार ८४० जना सक्रिय संक्रमित रहेका छन्। उता ४२१ जना कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन्। नेपालमा कुल संक्रमितमध्ये ३४ दशमलब ५ प्रतिशत महिला र ६६ दशमलश ५ प्रतिशत पुरुष रहेका छन्।
अन्तर्राष्ट्रिय टेलिमेडिसिन सेवामा सहकार्य
स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड बजेट विनियोजन
नर्सिङ कर्मचारीको रात्रि भत्ता दोब्बर
नेपाल औषधि लिमिटेडलाई २५ प्रकारका औषधि उत्पादन गर्ने गरी सक्षम बनाइने
क्यान्सरबारे सचेतना जगाउन नेपाल क्यान्सर अस्पतालको वाकाथन