थप ७१० जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमितको संख्या ८ हजार ८४०
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ७१० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना संक्रमण देखिएको हो । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ ।
यीमध्ये २ लाख ४२ हजार ५६७ जना संक्रमणमुक्त भइसकेको मन्त्रालयले जनाएको छ । उता पछिल्लो २४ घण्टामा देशभर थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएका संक्रमित समेत गरी देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या १७ सय ७७ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले देशभर ८ हजार ८४० जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा