Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डडेल्धुरा अस्पतालमा आईसीयू सेवा सुरु

डडेल्धुरा अस्पतालमा आईसीयू सेवा सुरु

शेर भण्डारी \डडेल्धुरा : सुदूरपश्चिममा संघीय सरकार मातहतको एक मात्र डडेल्धुरा अस्पतालले भेन्टिलेटरसहित मेडिकल आईसीयू उपचार सेवा सुरु गरेको छ। अस्पतालले ११ वेडको आइसीयू र ४ वटा भेन्टिलेटरसहितको उपचार सेवा सुरू गरेको हो।

संघीय सरकारको बजेटमा १५ वटा आइसीयू सञ्चालन गर्ने भनिएता पनि भवन अभावका कारण हाललाई ५ वेडको आइसीयू सेवा सुरू गरेको डडेल्धुरा अस्पतालले जनाएको छ। आइसीयूमा उपचारको मूल्य भने सरकारी अस्पतालहरुले लिए बराबर नै तोकिने अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए।

अस्पतालले एक हप्ताभित्र ६ वेडको आइसियू थप गर्ने तयारी थालेको अध्यक्ष ओझाको भनाइ छ। जसमा ३ वटा कोरोना विशेष बिरामीका लागि र ३ वटा सर्जिकल आइसीयू थप हुने तयारीमै रहेको उनले बताए।

‘स्थापना भएको ११ वेडको आइसीयू सञ्चालनका लागि जनशक्ति समेत उपलब्ध रहेको छ। अहिले अस्पतालले डडेल्धुरा बाहिर गएर उपचार गर्ने नसक्ने तथा गरिब समुदायका परिवारका बिरामीलाई सकेसम्म यहाँ नै उपचारको पहिलो प्राथमिकता दिनेछौँ,’उनले भने।

संघीय सरकारले आइसीयू सेवा विस्तारका लागि ३ करोडको बजेट उपलब्ध गराएको थियो। सुदुरपश्चिमका पहाडि जिल्लाको केन्द्रका रुपमा रहेको डडेल्धुरा अस्पतालमा आइसीयू सेवा सञ्चालन भएसँगै पहाडि सात जिल्लाका बिरामीलाई उपचारका लागि सहज हुने भएको छ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै