अझै फैलिदैँ कोरोना : विश्वमा लगातार तीनदिनदेखि दैनिक ७ लाख नयाँ संक्रमित फेला
कोरोना संक्रमितको संख्या ७ करोड ६० लाख नाघ्यो
हेल्थ टिभी अनलाइन : कोरोना भाइरस संक्रमण फैलिएको एक वर्ष बढी भइसक्दा पनि यो रोकिने संकेत नै देखिएको छैन्। वर्ल्डोमिटरका अनुसार विश्वमा लगातार तीनदिनदेखि दैनिक रुपमा ७ लाख बढी संक्रमित फेला परिरहेका छन्। मृत्यु हुनेको सख्या पनि बढिरहेको छ ।
हालसम्म विश्वमा ७ करोड ६० लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसैगरी १६ लाख ८० हजार संक्रमितले ज्यान गुमाएका छन्। उता संक्रमितमध्ये ५ करोड ३२ लाख भन्दा बढी निको पनि भइसकेको जनाइएको छ । विश्वमा कोरोना भाइरसको संक्रमण भएर मृत्यु हुनेदर औसतमा ३ प्रतिशत रहेको छ । यद्यपी देश अनुसार कम र बढी मृत्युदर रहेको पाइन्छ ।
कोरोना भाइरसको सबैभन्दा बढी प्रभावमा अमेरिका परेको देखिन्छ । त्यहाँ अहिलेसम्म १ करोड ७८ लाख ८८ हजार भन्दा बढी मानिसमा कोरोना पुष्टि भएको छ भने ३ लाख २० हजार ८४५ जनाको मृत्यु भएको छ । अमेरिकापछि भारतमा सबैभन्दा बढी संक्रमित देखिएका छन्। भारतमा हालसम्म १ करोड ४ हजार ८२५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । उता मृत्यु हुनेको संख्या नै १ लाख ४५ हजार १७१ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमितको संख्याको हिसाबले तेस्रो नम्बरमा ब्राजिल रहेको छ । ब्राजिलमा हालसम्म ७१ लाख ६३ हजार ९१२जनामा कोरोना संक्रमण देखिएको छ । यसैगरी १ लाख ८५ हजार ६८७ जनाले ज्यान गुमाएका छन्।
यता नेपालको कुरा गर्दा हालसम्म २ लाख ५२ हजार ४७४ जनामा कोरोना संक्रमण देखिएको छ भने १७ सय ६५ जनाको मृत्यु भइसकेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा