देशभर थप ७८२ जनामा कोरोना पुष्टि, १६ जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज देशभर गरी थप ७८२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको छ ।
यीमध्ये हालसम्म २ लाख ४१ हजार ३९२ जना संक्रमित निको भइसकेका छन्।
उता पछिल्लो २४ घण्टामा देशभर थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । आज मृत्यु भएकासँगै देशभर कोरोना संक्रमण भएर मृत्यु हुनेको संख्या १७ सय ६५ पुगेको छ ।
हाल देशभर ९ हजार ३१७ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा