कोरोना संक्रमितलाई १० दिन मात्र आइसोलेसनमा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले कोभिड १९ संक्रमण पुष्टि भएका संक्रमितलाई १० दिन मात्र अनिवार्य आइसोलेसनमा बस्नुपर्ने निर्णय गरेको छ। यसअघि कम्तिमा १४ दिन आइसोलेसनमा बस्नुपर्ने निर्णय गरेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ दिनपछि कोरोना भाइरस संक्रमण नसर्ने अध्ययनहरुले देखाएकाले संक्रमितलाई १० दिन मात्रै आइसोलेसनमा राखे पुग्ने भन्दै यस्तो निर्णय गरेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सिकिस्त र जटिल प्रकारका कोरोना संक्रमितको हकमा भने यो निर्णय लागू नहुने जनाए ।
यसैगरी उता पुस १ गते बसेको मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले नेपाल प्रवेश गरेकन व्यक्ति र प्रत्यक्ष रुपमा संक्रमित व्यक्तिको सम्पर्कमा आएको दिनदेखि कम्तिमा १० अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय समेत गरेको छ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा