Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना संक्रमितलाई १० दिन मात्र आइसोलेसनमा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

कोरोना संक्रमितलाई १० दिन मात्र आइसोलेसनमा राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

हेल्थ टिभी अनलाइन\काठमाडौं : सरकारले कोभिड १९ संक्रमण पुष्टि भएका संक्रमितलाई १० दिन मात्र अनिवार्य आइसोलेसनमा बस्नुपर्ने निर्णय गरेको छ। यसअघि कम्तिमा १४ दिन आइसोलेसनमा बस्नुपर्ने निर्णय गरेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ दिनपछि कोरोना भाइरस संक्रमण नसर्ने अध्ययनहरुले देखाएकाले संक्रमितलाई १० दिन मात्रै आइसोलेसनमा राखे पुग्ने भन्दै यस्तो निर्णय गरेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सिकिस्त र जटिल प्रकारका कोरोना संक्रमितको हकमा भने यो निर्णय लागू नहुने जनाए ।

यसैगरी उता पुस १ गते बसेको मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले नेपाल प्रवेश गरेकन व्यक्ति र प्रत्यक्ष रुपमा संक्रमित व्यक्तिको सम्पर्कमा आएको दिनदेखि कम्तिमा १० अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने निर्णय समेत गरेको छ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

आज विश्व रेडक्रस दिवस मनाइँदै

आज विश्व रेडक्रस दिवस मनाइँदै