‘महामारी नियन्त्रण गर्न होस वा सूर्तीजन्य पदार्थ- स्थानीय नेतृत्व बलियो हुनुपर्छ’
पाँचौँ एपीक्याट सम्मेलन भर्चुअल रुपमा सम्पन्न
कल्पना आचार्य \काठमाडौं : कुनै पनि महामारी नियन्त्रण गर्नका लागि स्थानीय नेतृत्व बलियो हुनुपर्नेमा विज्ञहरुले जोड दिएका छन्। नसर्ने रोग र सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी एसिया प्यासिफिक सिटिज एलायन्स फर टोबाको कन्ट्रोल एन्ड प्रिभेन्सन अन नन कम्युनिकेबल डिजिजको पाँचौँ सम्मेलनमा उनीहरुले यस्तो बताएका हुन्।
यस वर्षको सम्मेलन कोरोना महामारीका कारण भर्चुअल रुपमा गरिएको हो । इन्डोनेसियाको बोगोर शहरमा भएको चौथो सम्मेलनमा सहभागी भएकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पाँचौ सम्मेलन नेपालको भरतपुर महानगरमा हुने घोषणा गरेकी थिइन्। कोरोनाका कारण ढिलो गरी भएको सम्मेलन अन्तत भर्चुअल रुपमा भए पनि गरिएको हो । उनले गत वर्ष घोषणा गरे बमोजिम भरतपुरमा भव्य रुपमा कार्यक्रम गर्न नसकिएकोमा दुख व्यक्त गर्दै कोरोना महामारीसँग सबै देशहरु जुधिरहेकाले यस वर्ष भर्चुअल रुपमै भए पनि आ आफना देशका अनुभवहरु र अध्यासहरु साटासाट गर्ने मौका मिलेको बताइन्।
कार्यक्रममा उनले कोरोना महामारीकैबीचमा पनि भरतपुर महानगरले प्रतिवद्धता गरे बमोजिम नै स्मोक फ्री सिटी बनाउनेदेखि सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम व्यापक रुपमा गरिएको बताइन्। उनले आफू सूर्तीजन्य पदार्थ विरुद्ध सधैं प्रतिवद्ध रहेको समेत जिकीर गरिन्।
इन्डोनेसियाको स्वास्थ्य मन्त्रालयका महासचिव डा ओस्कर पी्रमादीले कोभिड १९ महामारीले जनस्वास्थ्य संकटकालको सृजना पार्नुका साथै मानवीय संकट समेत निम्त्याएको भन्दै यससँग लड्न सम्पूर्ण देशहरु एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा द यूनियनका अध्यक्ष डा गाय मार्कसले यो एपीक्याट सम्मेलनको महत्व विगतका सम्मेलनहरु भन्दा फरक रहेको बताएका थिए । उनले कोभिड १९ यतिबेला ७ करोड २० लाख भन्दा बढी मानिसमा पुष्टि भइसकेको र १६ लाख भन्दा बढीको ज्यान लिइसकेको प्रसंग जोड्दै यसका कारण लाखौं मानिसहरुको जीवन, परिवार र जिविकोपार्जन प्रभावित भएको जिकीर गरे । उनले कमजोर स्वास्थ्य प्रणाली, सूर्तीजन्य पदार्थ नियन्त्रण नहुनु, नसर्ने रोगहरुको प्रभावकारी कार्य योजना नहुनु, सरुवा रोग नियन्त्रणका लागि बलियो कार्ययोजना नहुनु कारणले मानव जातीले दुखद मूल्य चुकाउनु परेको बताए ।
द यूनियन एसिया प्यासिफिक क्षेत्रका उप निर्देशक डा तारासिंह बमले यतिबेला कोरोना महामारीसँगसँगै थुप्रै अरु अन्य रोगहरुपनि व्यापक हुँदै गएको बताए । कोरोना महामारीको जोखिम सूर्तीजन्य पदार्थ सेवन गर्नेमा बढी भएको भन्दै यसलाई नियन्त्रण गर्नुको विकल्प नभएको बताए । उनले स्वास्थ्य प्रणाली कमजोर भएको कुरा कोभिड १९ ले प्रस्ट देखाएको भन्दै यसलाई नियन्त्रण गर्नका लागि नीति बलियो त हुनुपर्छ नै स्थानीय नेतृत्व पनि बलियो हुनुपर्ने जिकीर गरे । कार्यक्रममा इन्डोनेसियाका बोगोर सिटीका मेयर डा बिमा आर्याले कुनै पनि महामारी नियन्त्रण गर्नका लागि स्थानीय निकायको ठूलो भूमिका हुने बताए ।





डा चेतना पौडेल रजिष्टर्ड प्राकृतिक चिकित्सक हुन् : योग तथा प्राकृतिक चिकित्सक संघ
अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित