आज ६५८८ परीक्षण गर्दा ७७६ जनामा कोरोना संक्रमण पुष्टि
थप ६ जना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६५८८ परीक्षण गर्दा थप ७७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ । यीमध्ये हालसम्म २ लाख ४० हजार ३६३ जना निको भइसकेका छन्। आज मात्रै देशभर ९४७ जना निको भएर घर फर्केका छन्। यसैगरी पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै मृत्यु हुनेको संख्या १७ सय ४९ पुगेको छ । हाल देशभर ९ हजार ५८० पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा