कान्तिपुर डेन्टल कलेजले मनायो १३ औँ वार्षिकोत्सव
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंको बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले १३ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा अस्पतालले बुधबार एक कार्यक्रम गरेको थियो ।
कार्यक्रममा अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले अस्पतालको स्थापना कालदेखि नै मुख स्वास्थ्यको उपचार र दक्ष जनशक्ति उत्पादन गर्दै आएको बताउँदै यसको सेवा अझै बिस्तार गर्ने जनाए । उनले विश्व बजारमा आएका नविनतम आधुनिक प्रविधि भित्राएर अझ सेवाहरु बिस्तार गर्दै लाने प्रतिवद्धता व्यक्त गरेका थिए । अस्पतालले मुख तथा दन्त उपचार अन्तर्गतका विशिष्टिकृत सेवाहरु प्रदान गर्दै आएको छ ।
कार्यक्रममा उनले नेपालमा मुख स्वास्थ्यमा खासै ध्यान नदिएको भन्दै यसलाई प्राथमिकतामा राख्दै अस्पतालले ५५ जिल्लामा पुगी जनचेतनामूलक कार्यक्रम एवं नि: शुल्क शिविरहरु गर्दै आएको बताए । अस्पतालले मुख स्वास्थ्यको उपचार मात्रै हैन यससँग सम्बन्धी दक्ष प्राविधिक समेत उत्पादन गर्दै आएको छ ।
यसका साथै वि स २०७० सालदेखि अस्पतालले १ सय बेडको जनरल अस्पताल पनि सञ्चालन गरेको छ । कान्तिपुर डेन्टल कलेज मुख तथा दन्त चिकित्सा क्षेत्रमा नाम चलेको अस्पतालको रुपमा चिनिन्छ ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै