Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कान्तिपुर डेन्टल कलेजले मनायो १३ औँ वार्षिकोत्सव

कान्तिपुर डेन्टल कलेजले मनायो १३ औँ वार्षिकोत्सव

हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौंको बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज तथा टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले  १३ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा अस्पतालले बुधबार एक कार्यक्रम गरेको थियो ।

कार्यक्रममा अस्पतालका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले अस्पतालको स्थापना कालदेखि नै मुख स्वास्थ्यको उपचार र दक्ष जनशक्ति उत्पादन गर्दै आएको बताउँदै यसको सेवा अझै बिस्तार गर्ने जनाए । उनले विश्व बजारमा आएका नविनतम आधुनिक प्रविधि भित्राएर अझ सेवाहरु बिस्तार गर्दै लाने प्रतिवद्धता व्यक्त गरेका थिए । अस्पतालले मुख तथा दन्त उपचार अन्तर्गतका विशिष्टिकृत सेवाहरु प्रदान गर्दै आएको छ ।

कार्यक्रममा उनले नेपालमा मुख स्वास्थ्यमा खासै ध्यान नदिएको भन्दै यसलाई प्राथमिकतामा राख्दै अस्पतालले ५५ जिल्लामा पुगी जनचेतनामूलक कार्यक्रम एवं नि: शुल्क शिविरहरु गर्दै आएको बताए । अस्पतालले मुख स्वास्थ्यको उपचार मात्रै हैन यससँग सम्बन्धी दक्ष प्राविधिक समेत उत्पादन गर्दै आएको छ ।

यसका साथै वि स २०७० सालदेखि अस्पतालले १ सय बेडको जनरल अस्पताल पनि सञ्चालन गरेको छ । कान्तिपुर डेन्टल कलेज मुख तथा दन्त चिकित्सा क्षेत्रमा नाम चलेको अस्पतालको रुपमा चिनिन्छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार