Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

कोरोना महामारीकै बेला स्वास्थ्य सेवा विभागका तीन महाशाखा प्रमुखको जिम्मेवारी हेरफेर

कोरोना महामारीकै बेला स्वास्थ्य सेवा विभागका तीन महाशाखा प्रमुखको जिम्मेवारी हेरफेर

हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना महामारीका बेला सरकारले स्वास्थ्य सेवा विभाग अन्तर्गतका महाशाखाका प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै तीन जना महाशाखा प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका हुन्।

यसरी जिम्मेवारी हेरफेर हुनेहरुमा परिवार कल्याण महाशाखाका प्रमुख डा भीमसिह टिंकरी, व्यवस्थापन महाशाखाका डा रमेश खरेल र उपचारात्मक महाशाखाका प्रमुख तारा पोखरेल रहेका छन्।टिंकरीलाई व्यवस्थापन महाशाखा, डा पोखरेललाई परिवार कल्याण र खरेललाई उपचारात्मक महाशाखा प्रमुखको जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ।

यसैगरी आपूर्ति व्यवस्थापन शाखाको जिम्मेवारीमा रहेका चुडामणी भण्डारीलाई राष्ट्रिय तालिम केन्द्रमा पठाइएको छ भने तालिम केन्द्रका उपेन्द्र ढुंगानालाई स्वास्थ्य सेवा विभागमा पठाइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार