थप १३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७ सय ४३ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
योसँगै देशभर कोरोना भाइरसको संक्रमण भएर मृत्यु हुनेको संख्या १७ सय ४३ पुगेको छ । उता कुल कोरोना संक्रमितको संख्या आजसम्म २ लाख ५० हजार९१६ पुगेकोमा २ लाख ३८ हजार ५६९ जना निको भइसकेका छन्।
नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९५ दशमलब ४ प्रतिशत रहेको बताइएको छ भने मृत्युदर शुन्य दशमलब ६९ प्रतिशत रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा