Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थप १३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७ सय ४३ पुग्यो

थप १३ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १७ सय ४३ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

योसँगै देशभर कोरोना भाइरसको संक्रमण भएर मृत्यु हुनेको संख्या १७ सय ४३ पुगेको छ । उता कुल कोरोना संक्रमितको संख्या आजसम्म २ लाख ५० हजार९१६ पुगेकोमा २ लाख ३८ हजार ५६९ जना निको भइसकेका छन्।

नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९५ दशमलब ४ प्रतिशत रहेको बताइएको छ भने मृत्युदर शुन्य दशमलब ६९ प्रतिशत रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार