२४ घण्टामा थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि, ८४७ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७३६ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै कुल कोरोना संक्रमितको संख्या २ लाख ५० हजार ९१६ पुगेको छ ।
यसैगरी हालसम्म २ लाख ३८ हजार ५६९ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।
पछिल्लो २४ घण्टामा देशभर १३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय ४३ पुगेको छ । देशभर ९ हजार ७५७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा