नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९५.३ प्रतिशत
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणबाट निको हुने दर ९५ दशमलब ३ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा कुल संक्रमितमध्ये निको हुने दर ९५ दशमलब ३ प्रतिशत रहेको छ । हालसम्म नेपालमा २ लाख ५० हजार १८० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यीमध्ये २ लाख ३८ हजार ५६९ जना संक्रमित निको भइसकेका छन्। यो भनेको ९५ दशमलब ३ प्रतिशत हो ।
नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर शुन्य दशमलब ६९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर ९ हजार ८८१ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा