Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९५.३ प्रतिशत

नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९५.३ प्रतिशत

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणबाट निको हुने दर ९५ दशमलब ३ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा कुल संक्रमितमध्ये निको हुने दर ९५ दशमलब ३ प्रतिशत रहेको छ । हालसम्म नेपालमा २ लाख ५० हजार १८० जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यीमध्ये २ लाख ३८ हजार ५६९ जना संक्रमित निको भइसकेका छन्। यो भनेको ९५ दशमलब ३ प्रतिशत हो ।

नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर शुन्य दशमलब ६९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर ९ हजार ८८१ जना सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार