Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

काठमाडौं महानगरका ५० हजार जनाको मिर्गौला परीक्षण गरिंदै

काठमाडौं महानगरका ५० हजार जनाको मिर्गौला परीक्षण गरिंदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरपालिकाका ५० हजार जनाको मिर्गौला परीक्षण गरिने भएको छ । काठमाडौं महानगरपालिकाले २६ औँ महानगर दिवसको विशेष कार्यक्रमबाट ‘मिर्गौला बचाउ अभियान’ घोषणा गर्दै ६ महिना भित्र ५० हजार महानगरवासीको मिर्गौला परीक्षण गरिने जनाएको हो ।

सोमबार काठमाडौं महानगरपालिका र मिर्गौला बचाउ अभियानका संस्थापक वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा ऋषि कुमार काफ्लेलेबीच महानगरवासीको नि :शुल्क मिर्गौला परीक्षण सम्बन्धी सम्झौता भएको छ। डा काफ्लेले मिर्गौला रोग असाध्यै जटिल र खर्चिलो भएकाले रोग लाग्नुभन्दा अगावै परीक्षण गर्न जरुरी रहेको भन्दै यो अभियान महानगरसँग मिलेर शुरु गरिएको जनाए । उनले मिर्गौला बचाउ अभियान अन्तर्गत यही पुस १ गतेदेखि काठमाडौं महानगरका सबै वडाहरुमा मिर्गौलाको परीक्षण शुरु गर्ने समेत जनाए । उनले शुरुमा ६ महिनामा ५० हजार जनाको मिर्गौला परीक्षण गर्ने लक्ष्य लिएको र पछि यसलाई बढाउँदै जाने समेत बताए ।

उनका अनुसार काठमाडौंका ३२ वटै वडा र शहरी स्वास्थ्य केन्द्र मार्फत यो सेवा दिने र त्यहाँ समस्या आएमा सम्बन्धित चिकित्सककोमा रिफर गरिनेछ । उता मेयर विद्या सुन्दर शाक्यले काठमाडौं महानगरवासीको मिर्गौला बचाउनका लागि टोल टोलमा दक्ष चिकित्सकसहितको टोली पुगेर काम गर्न लागेको बताए ।

नेपालमा मिर्गौला रोगीको संख्या दिनप्रतिदिन बढिरहेको छ । एकपटक मिर्गौला फेल भएपछि यसको उपचार प्रक्रिया झन्झटिलो त छ नै उपचार खर्च पनि धान्नै नसक्ने हुन्छ । त्यसैले रोग लाग्नै नदिनका लागि मिर्गौलाले राम्ररी काम गरिरहेको छ छैन भन्ने पक्ता लगाउन जरुरी हुन्छ । यही अवस्था पत्ता लगाउन यो अभियान शुरु गरिएको हो, डा काफ्लले भने ।

मिर्गौला बचाउ अभियानले यो रोग लाग्नै नदिनका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम एवं निशुल्क शिविरहरु गर्दै आइरहेको छ ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार