नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने मृतकको संख्या १७ सय नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार थप १८ जना कोरोना संक्रमितको मृत्यु भएसँगै देशभर १७ सय १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
त्यसो त नेपालमा कोरोना भाइरसको संक्रमणबाट हुने मृत्युदर न्यून रहेको विज्ञहरुले बताउँदै आएका छन्। यद्यपी दिनप्रतिदिन कोरोना संक्रमित थपिने क्रम घटेको छ भने मृतकको संख्या बढिरहेको छ ।
मन्त्रालयका अनुसार नेपालमा हाल कोरोना संक्रमण भएर मृत्यु हुने दर शुन्य दशमलब ६९ प्रतिशत रहेको छ । यसैगरी निको हुने दर भने ९४ दशमलब ९२ प्रतिशत रहेको पाइन्छ ।
हाल नेपालमा २ लाख ४९ हजार २४४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यी मध्ये २ लाख ३६ हजार ५७३ जना निको भएका छन्। हाल देशभर १० हजार ९५५ जना मात्र सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा