Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय नाघ्यो

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ सय नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने मृतकको संख्या १७ सय नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सोमबार थप १८ जना कोरोना संक्रमितको मृत्यु भएसँगै देशभर १७ सय १६ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

त्यसो त नेपालमा कोरोना भाइरसको संक्रमणबाट हुने मृत्युदर न्यून रहेको विज्ञहरुले बताउँदै आएका छन्। यद्यपी दिनप्रतिदिन कोरोना संक्रमित थपिने क्रम घटेको छ भने मृतकको संख्या बढिरहेको छ ।

मन्त्रालयका अनुसार नेपालमा हाल कोरोना संक्रमण भएर मृत्यु हुने दर शुन्य दशमलब ६९ प्रतिशत रहेको छ । यसैगरी निको हुने दर भने ९४ दशमलब ९२ प्रतिशत रहेको पाइन्छ ।

हाल नेपालमा २ लाख ४९ हजार २४४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यी मध्ये २ लाख ३६ हजार ५७३ जना निको भएका छन्। हाल देशभर १० हजार ९५५ जना मात्र सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार