Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

देशभर ८२१ नयाँ संक्रमित थपिंदा ८४२ जना संक्रमणमुक्त

देशभर ८२१ नयाँ संक्रमित थपिंदा ८४२ जना संक्रमणमुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा गत २४ घण्टामा थप ८२१ जना कोरोना संक्रमित थपिएका छन् भने ८४२ जना कोरोना संक्रमणमुक्त भएका छन्। ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८२१ जना नयाँ संक्रमित थपिएका छन् भने ८४२ जना निको भएका हुन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ ।

यी मध्ये सोमबारसम्म १७ सय १६ जनाको मृत्यु भइसकेको छ । उता निको हुनेको संख्या २ लाख ३६ हजार ५७३ पुगेको मन्त्रालयले जनाएको छ । हाल देशभर १० हजार ९५५ जना सक्रिय संक्रमित रहेका छन्। उता क्वारेन्टाइनमा अहिले पनि ४७१ जना रहेको जनाइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार