Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिले स्वास्थ्य मन्त्रालयलाई दियो एक हप्ते अल्टिमेटम

माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी

नेपाल संयुक्त स्वास्थ्य संघर्ष समितिले स्वास्थ्य मन्त्रालयलाई दियो एक हप्ते अल्टिमेटम

हेल्थ टिभी अनलाइन \ काठमाडौं : कोभिड १९ को महामारीका खटेका स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री, जोखिम भत्ता, सुरक्षित वातावरण दिन नसकेको भन्दै विरोध भएको छ ।

कोरोना महामारीका बेला ज्यान जोखिममा राखेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई सरकारले बेवास्ता गरेको भन्दै यसमा संवेदनशिल हुन आग्रह गर्दै स्वास्थ्यका ट्रेड यूनियन तथा पेशागत संगठनहरुले विज्ञप्ति जारी गरेका छन्।

उनीहरुले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीहरुलाई आबश्यक सुरक्षा सामग्री र सुरक्षित बातावरणको सुनिश्चितता प्रदान नगर्दा ठूलो संख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मीहरु संक्रमित हुने मात्र होइनन्, दर्जन भन्दा बढीले अकालमा मृत्युवरण गर्नु परेको छ । यस प्रकारको जोखिमपूर्ण वातावरणमा काम गर्ने स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुलाई दिइने जोखिम तथा प्रोत्साहन भत्ता हालसम्म पनि उपलब्ध गराइएको छैन । राज्य अभिभावकको रुपमा उपस्थिति भई संरक्षण गर्नु पर्ने समयमा राज्यबाटै घोषणा गरिएका प्रतिबद्धतालाई समेत कार्यान्वयन नगर्नु र चिकित्सक एवं स्वास्थ्यकर्मीहरुलाई नै राज्यले दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार गर्नुले युद्ध मैदानमा होमिएकाहरुलाई कसरी हौसला उत्पन्न हुन्छ ?’

यसैगरी मिति २०७७-०८-०७ गते १९ वटा स्वास्थ्य क्षेत्रका पेशागत तथा स्वास्थ्य सेवामा क्रियाशील ट्रेड यूनियन संघ संगठनहरुबाट संयुक्त रुपमा १८ बुँदें ज्ञापनपत्र सहित २१ दिने अल्टिमेटम स्वास्थ्य तथा जनसंख्या मन्त्री समक्ष पेश गरी ध्यानाकर्षण गराइएकोमा नेपालसरकारले त्यसको पनि वेवास्ता गरेको आरोप उनीहरुको छ ।

आज २१ दिने अल्टिमेटम सकिएकाले पुन यी मागहरु पूरा गर्नका लागि एक साता थपिएको र त्यसपछि पनि सम्बोधन नभए चरणवद्ध आन्दोलन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार