Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

शिक्षक-विद्यार्थीमा संक्रमण देखिएपछि कर्णालीका विद्यालय पुनः बन्द

शिक्षक-विद्यार्थीमा संक्रमण देखिएपछि कर्णालीका विद्यालय पुनः बन्द

हेल्थ टिभी अनलाइन: सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै कर्णालीमा पनि धमाधम विद्यालय खोलिए। नौ महिनापछि खोलिएका विद्यालय तीन सातासम्म राम्रैसँग सञ्चालनमा आए। तर खोलेको एक महिना नपुग्दै विद्यार्थी तथा शिक्षकमा कोरोना संक्रमण देखिएपछि पुनः बन्द हुन थालेका छन्।

कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा १७ शिक्षकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय बन्द हुने अवस्था आएको हो। कोरोनाको पिसीआर रिपोर्टअनुसार सोमबार एक विद्यालयका ११ सहित सुर्खेतमा १७ शिक्षकमा कोरोना सङ्क्रमण देखिँदा विद्यालय बन्द हुने अवस्था आएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए।

एक महिनाअघि हुम्ला नाम्खा र ताजाकोट गाउँपालिकाका विद्यालयमा विद्यालय खुले लगत्तै शिक्षक तथा विद्यार्थीमा कोरोना सङ्क्रमण देखिँदा अहिले हुम्लाका विद्यालय बन्द भएको र माघ १५ पछि मात्र खोल्ने शिक्षा विकास तथा समन्वय एकाइ हुम्लाका प्रमुख विष्णुबहादुर शाहीले जानकारी दिएका छन्। रासस

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार