Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

देशभर २९४ जना सिकिस्त संक्रमित आईसीयूमा र ५२ जना भेन्टिलेटरमा

देशभर २९४ जना सिकिस्त संक्रमित आईसीयूमा र ५२ जना भेन्टिलेटरमा

हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा हाल देशभर २९४ जना सिकिस्त कोरोना संक्रमितको आईसीयूमा र ५२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइतबारसम्म देशभर आईसीयू र भेन्टिलेटरमा गरी ३४६ जना गम्भीर अवस्थाका कोरोना संक्रमितको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा ३९ जना संक्रमित आईसीयूमा र १० जना भेन्टिलेटरमा रहेका छन्। यसैगरी प्रदेश २ मा ७ जना संक्रमित आईसीयूमा रहेका छन् भने भेन्टिलेटरमा कोही पनि छैनन् ।

बाग्मती प्रदेशमा सबैभन्दा धेरै १०७ जना आईसीयूमा र २४ जना भेन्टिलेटरमा रहेका छन्। उता गण्डकी प्रदेशमा ८३ जनाको आईसीयूमा र ९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाइएको छ ।लुम्बिनी प्रदेशमा ४६ जना आईसीयूमा रहेका छन् भने ४ जना मात्र भेनिटलेटरमा छन्। कर्णली प्रदेशमा हाल ५ जना आईसीयूमार ३ जना संक्रमित भेन्टिलेटरमा छन्।

सुदूरपश्चिममा पनि ७ जना संक्रमितको आईसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार