देशभर २९४ जना सिकिस्त संक्रमित आईसीयूमा र ५२ जना भेन्टिलेटरमा
हेल्थ टिभी अनलाइन\काठमाडौं : नेपालमा हाल देशभर २९४ जना सिकिस्त कोरोना संक्रमितको आईसीयूमा र ५२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइतबारसम्म देशभर आईसीयू र भेन्टिलेटरमा गरी ३४६ जना गम्भीर अवस्थाका कोरोना संक्रमितको उपचार भइरहेको छ । मन्त्रालयका अनुसार प्रदेश १ मा ३९ जना संक्रमित आईसीयूमा र १० जना भेन्टिलेटरमा रहेका छन्। यसैगरी प्रदेश २ मा ७ जना संक्रमित आईसीयूमा रहेका छन् भने भेन्टिलेटरमा कोही पनि छैनन् ।
बाग्मती प्रदेशमा सबैभन्दा धेरै १०७ जना आईसीयूमा र २४ जना भेन्टिलेटरमा रहेका छन्। उता गण्डकी प्रदेशमा ८३ जनाको आईसीयूमा र ९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको जनाइएको छ ।लुम्बिनी प्रदेशमा ४६ जना आईसीयूमा रहेका छन् भने ४ जना मात्र भेनिटलेटरमा छन्। कर्णली प्रदेशमा हाल ५ जना आईसीयूमार ३ जना संक्रमित भेन्टिलेटरमा छन्।
सुदूरपश्चिममा पनि ७ जना संक्रमितको आईसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा