Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

१४ वर्षमूनिका बालबालिकालाई कोरोना विरुद्धको खोप दिइने छैन् : स्वास्थ्य मन्त्रालय

१४ वर्षमूनिका बालबालिकालाई कोरोना विरुद्धको खोप दिइने छैन् : स्वास्थ्य मन्त्रालय

हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्वमा यतिबेला कोरोना खोपको निकै चर्चा भइरहेको छ । यही बेला नेपालमा पनि सरकारले आफना नागरिकका लागि कोरोना विरुद्धको खोप उपलब्ध गराउने प्रतिवद्धता जाहेर गर्दै पहल शुरु गरेको जनाएको छ ।

यही क्रममा आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नेपालमा १४ वर्ष मूानिका बालबालिकाका लागि कोरोना खोप नबनेकाले उनीहरुलाई यो खोप नदिइने बताए । उनले भने, ‘नेपालमा कुल जनसंख्याको २८ प्रतिशत १४ वर्षमूनिका बालबालिका छन्। उनीहरुलाई भने कोरोना विरुद्धको खोप दिइने छैन्।’

अन्य ७२ प्रतिशत जनसंख्याका लागि भने खोपको पहल भइरहेको जनाए । उनका अनुसार कोभ्याक्स सुविधा अनुसार २० प्रतिशतलाई कोरोनाको खोप लगाइने छ भने अन्यलाई भने खोप विकासक्रममा रहेका गुणस्तरयुक्त खोपका लागि खोप सल्लाहकार र प्राविधिकहरुको सल्लाहमा खोप ल्याउने र सोही बमोजिम दिने पनि उनले जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार