आज ५,१८१ पीसीआर परीक्षण, ८३० जनामा कोरोना संक्रमण पुष्टि
२४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १८१ पीसीआर परीक्षाण गर्दा थप ८३० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । यी मध्ये हालसम्म २ लाख ३५ हजार ७३१ जना निको भइसकेका छन्।
यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यीसहित नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ सय ९८ पुगेको छ ।
हाल देशभर १० हजार ९९४ जना सक्रिय संक्रमित रहेका छन्।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा