Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आज ५,१८१ पीसीआर परीक्षण, ८३० जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु

आज ५,१८१ पीसीआर परीक्षण, ८३० जनामा कोरोना संक्रमण पुष्टि

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप ८३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार १८१ पीसीआर परीक्षाण गर्दा थप ८३० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । यी मध्ये हालसम्म २ लाख ३५ हजार ७३१ जना निको भइसकेका छन्।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यीसहित नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ सय ९८ पुगेको छ ।

हाल देशभर १० हजार ९९४ जना सक्रिय संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार