देशभर ११,६७३ जना सक्रिय संक्रमित, ९४.६ प्रतिशत निको भए
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हाल देशभर ११ हजार ६७३ जना मात्र सक्रिय संक्रमित रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २ लाख ४७ हजार ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी मध्ये ९४ दशमलब ६ प्रतिशत अर्थात २ लाख ३४ हजार २३१ जना निको भइसेका छन् भने ११ हजार ६७३ जना मात्र सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।
यी मध्ये देशभर १६ सय ८९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर अत्यन्त न्यून रहेको छ । हालसम्म कोरोना संक्रमणबाट हुने मृत्युदर शुन्य दशमलब ६८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितमध्ये ६६ दशमलब ५ प्रतिशत पुरुष रहेका छन् भने ३४ दशमलब ५ प्रतिशत महिला रहेका छन्। देशभर रहेका प्रयोगशालमा हालसम्म १८ लाख २५ हजार बढी पीसीआर परीक्षण गरिएको जनाइएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा