Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

देशभर ११,६७३ जना सक्रिय संक्रमित, ९४.६ प्रतिशत निको भए

देशभर ११,६७३ जना सक्रिय संक्रमित, ९४.६ प्रतिशत निको भए

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हाल देशभर ११ हजार ६७३ जना मात्र सक्रिय संक्रमित रहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म २ लाख ४७ हजार ५९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यी मध्ये ९४ दशमलब ६ प्रतिशत अर्थात २ लाख ३४ हजार २३१ जना निको भइसेका छन् भने ११ हजार ६७३ जना मात्र सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।

यी मध्ये देशभर १६ सय ८९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर अत्यन्त न्यून रहेको छ । हालसम्म कोरोना संक्रमणबाट हुने मृत्युदर शुन्य दशमलब ६८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितमध्ये ६६ दशमलब ५ प्रतिशत पुरुष रहेका छन् भने ३४ दशमलब ५ प्रतिशत महिला रहेका छन्। देशभर रहेका प्रयोगशालमा हालसम्म १८ लाख २५ हजार बढी पीसीआर परीक्षण गरिएको जनाइएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार