Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

२४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६८९ पुग्यो

२४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६८९ पुग्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभरमा १५ जना कोरोना संक्रमितको मृत्यु भएको हो । योसहित नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय ८९ पुगेको छ ।

उता आज देशभर जम्मा ८९९ जना नयाँ संक्रमित थपिएका छन्। आज थपिएकासहित देशभर कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युलर निकै न्यून शुन्य दशमलब ६७ प्रतिशत रहेको छ । उता कोरोना संक्रमण भएर निको हुने दर भने ९४ दशमलब ६ प्रतिशत रहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार