Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

घट्दै कोरोना संक्रमितको संख्या, आज देशभर ८९९ जनामा संक्रमण

घट्दै कोरोना संक्रमितको संख्या, आज देशभर ८९९ जनामा संक्रमण

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या घट्दो क्रममा देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर जम्मा ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यसो त पछिल्लो समय कोरोना परीक्षण पनि कम हुँदै आएको छ ।

नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ ।

कुल संक्रमितमध्ये हालसम्म २ लाख ३४ हजार २३१ जना निको भइसकेको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । आज मृत्यु भएकासँगै देशभर कोरोना भाइरसको संक्रमण भएर मृत्यु हुनेको संख्या १६ सय ८९ पुगेको छ ।

उता अहिले देशभर सक्रिय कोरोना संक्रमितको संख्या ११ हजार ६७३ मात्र रहेको छ । अहिले पनि कोरोनाको आशंकामा ५१९जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार