Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थप १०४४ जनामा कोरोना संक्रमण,सक्रिय संक्रमितको संख्या १२ हजार १४८

थप १०४४ जनामा कोरोना संक्रमण,सक्रिय संक्रमितको संख्या १२ हजार १४८

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर आज थप १०४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । संक्रमितमध्ये हालसम्म २ लाख ३२ हजार ८७२ जना निको भएर घर फर्किसकेका छन्।

यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय ७४ पुगेको छ । हाल देशभर १२ हजार १४८ सक्रिय कोरोना संक्रमित रहेका छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार