Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर 0.६८ प्रतिशत

नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर 0.६८ प्रतिशत

हेल्थ टिभी अनलाइन \ काठमाडाैं : नेपालमा कोरोना भाइरसको संक्रमणबाट हुने मृत्युदर शुन्य दशमलब ६८ प्रतिशत रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अन्य देशहरुको तुलनामा नेपालमा कोरोनाबाट हुने मृत्युदर कम भए पनि पछिल्लो समय भने यो दर बढेको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमण पुष्टि भएका २ लाख ४५ हजार ६५० जना संक्रमितमध्ये १६६३ जनाको मृत्यु भएको छ । यो भनेको शुन्य दशमलब ६८ प्रतिशत हो । यसैगरी निकाे हुने दर ९४ दशमलब २ प्रतिशत रहेकाे छ ।

विश्वको कुरा गर्ने हो भने वर्ल्डोमिटरका अनुसार कोरोनाबाट हुने मृत्युदर औसतमा ३ प्रतिशत रहेको छ । यद्यपी कुनै कुनै देशमा मृत्युदर ३ प्रतिशत भन्दा पनि माथि रहेको छ भने केही देशमा सो भन्दा कम रहेको पाइन्छ ।

दीर्घ रोग जस्तै मधुमेह, उच्च रक्तचाप,मिर्गौला रोग, क्यान्सर, दम जस्ता समस्या भएकाहरु र जेष्ठ नागरिकले बढी कोरोना संक्रमणबाट ज्यान गुमाउन पुगेको देखिन्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार