नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर 0.६८ प्रतिशत
हेल्थ टिभी अनलाइन \ काठमाडाैं : नेपालमा कोरोना भाइरसको संक्रमणबाट हुने मृत्युदर शुन्य दशमलब ६८ प्रतिशत रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अन्य देशहरुको तुलनामा नेपालमा कोरोनाबाट हुने मृत्युदर कम भए पनि पछिल्लो समय भने यो दर बढेको छ ।
मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमण पुष्टि भएका २ लाख ४५ हजार ६५० जना संक्रमितमध्ये १६६३ जनाको मृत्यु भएको छ । यो भनेको शुन्य दशमलब ६८ प्रतिशत हो । यसैगरी निकाे हुने दर ९४ दशमलब २ प्रतिशत रहेकाे छ ।
विश्वको कुरा गर्ने हो भने वर्ल्डोमिटरका अनुसार कोरोनाबाट हुने मृत्युदर औसतमा ३ प्रतिशत रहेको छ । यद्यपी कुनै कुनै देशमा मृत्युदर ३ प्रतिशत भन्दा पनि माथि रहेको छ भने केही देशमा सो भन्दा कम रहेको पाइन्छ ।
दीर्घ रोग जस्तै मधुमेह, उच्च रक्तचाप,मिर्गौला रोग, क्यान्सर, दम जस्ता समस्या भएकाहरु र जेष्ठ नागरिकले बढी कोरोना संक्रमणबाट ज्यान गुमाउन पुगेको देखिन्छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा