थप १२१७ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप १२१७ जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।
यी मध्ये हालसम्म २ लाख ३१ हजार ६०१ जना संक्रमित निको भएका छन्। आजै मात्र १ हजार ६४ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय ६३ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल १२ हजार ३८६ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा