Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

थप १२१७ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

थप १२१७ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा थप १२१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर थप १२१७ जना संक्रमित थपिएका हुन्। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० पुगेको छ ।

यी मध्ये हालसम्म २ लाख ३१ हजार ६०१ जना संक्रमित निको भएका छन्। आजै मात्र १ हजार ६४ जना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय ६३ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल १२ हजार ३८६ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार