एन्टिजेन परीक्षण पनि पीसीआर जत्तिकै प्रभावकारी छ : स्वास्थ्य मन्त्रालय
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना पत्ता लगाउन गरिने एन्टिजेन परीक्षण पनि पीसीआर परीक्षण जत्तिकै प्रभावकारी भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको मिडिया व्रिफिङमा उक्त कुरा बताएका हुन्। उनले केही व्यक्तिहरुले एन्टिजेन परीक्षणबारे विभिन्न टिका टिप्पणी गरेको भन्दै यो परीक्षण पनि पीसीआर जत्तिकै भरपर्दो र प्रभावकारी भएको दावी गरेका हुन्।
डा गौतमले एन्टिजेन परीक्षण गर्दा पोजेटिभ आएका र लक्षण देखिएका व्यक्तिको मात्र पीसीआर परीक्षण गरिने जनाए । उनले भने, ‘एन्टिजेन परीक्षणमा पोजेटिभ आए पनि कुनै लक्षण छैन भने पीसीआर गर्न पर्दैन्।’
उनले यसरी एन्टिजेनमा पोजेटिभ देखिएका व्यक्तिहरुमा पीसीआर पनि पोजेटिभ आएको र एन्टिजेन परीक्षणमा नेगेटिभ आएकामा पीसीआरमा पनि नेगेटिभ नै आएको जिकीर गरे ।
सरकारले काठमाडौकां केही स्थानहरुमा एन्टिजेन परीक्षण शुरु गरेको छ । तर विज्ञहरुले भने एन्टिजेन परीक्षणलाई सरकारले पीसीआर परीक्षणको विकल्पको रुपमा लिएको भन्दै आलोचना गर्दै आएका छन्। एन्टिजेन परीक्षण गर्दा प्रयोगशाला सेटअप चाहिंदैन भने तुरुन्त परिणाम पत्ता लाग्छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण