पोखरामा आज ४ जना कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \पोखरा : पोखरामा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार हिजो राती १ बजे एक जनाको मृत्यु भएपछि आज बिहान थप तीन जनाको मृत्यु भएको हो । योसँगै पोखरामा आज मात्रै ४ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार आज बिहान मृत्यु हुनेहरुमा पोखरा महानगरपालिका १४ का ७४ वर्षीय पुरुष, पोखरा १५ का ६७ वर्षीय पुरुष र पोखरा वडा नं १६ की ५९ वर्षीया महिला रहेका छन्।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७६ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा