पोखरामा ७७ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
हेल्थ टिभी अनलाइन \पोखरा : पोखरामा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ ।
कास्की जिल्ला पोखरा महानगरपालिका -१३ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो राती मृत्यु भएको हो । उनको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै जनाएको छ ।
उनमा मंसीर २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी आज गण्डकीमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा