नेपालमा कोरोना संक्रमितमध्ये ६६.५ प्रतिशत पुरुष
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कुल कोरोना संक्रमितमध्ये ६६ दशमलब ५ प्रतिशत पुरुष रहेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २ लाख ४३ हजार ३७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ती मध्ये ६६ दशमलब ५ प्रतिशत अर्थात १ लाख ५९ हजार २२२ जना पुरुष संक्रमित रहेका छन् भने ३४ दशमलब ५ प्रतिशत अर्थात ८४ हजार १५५ जना महिला संक्रमित रहेका छन्।
यसैगरी नेपालमा कोराना संक्रमितको मृत्यु दर शुन्य दशमलब ६७ प्रतिशत रहेको र निको हुने दर ९४ दशमलब १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर १२ हजार ६८६ जना सक्रिय संक्रमित रहेका छन्।
नेपालमा हालसम्म कोरोनाको आशंकामा १७ लाख ९९ हजार ६८६ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा