वरिष्ठ मुटुरोग विशेषज्ञ डा लव जोशीको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : वरिष्ठ मुटुरोग विशेषज्ञ डा लव जोशीको ब्लड क्यान्सरबाट मृत्यु भएको छ ।
ललितपुरस्थित मेडिसिटी अस्पतालमा एक सातादेखि उपचाररत उनको आज साँझ मृत्यु भएको अस्पतालले जनाएको छ । उनी मेडिसिटी अस्पतालमा कार्डियो विभागका प्रमुख रहे पनि केही दिन अघि मात्र त्यहाँबाट राजिनामा दिएका थिए ।
एक साता अघि मात्र उनमा (ब्लड क्यान्सर) रगतको क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि भने उनी उपचारमा थिए । आज उपचारकै क्रममा डा जोशीको मेडिसिटी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा