थप १३८२ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १२ हजार ६८६
हेल्थ टिभी अनलाइन \ काठमाडौं : नेपालमा आज थप १३८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३८२ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ। यी मध्ये २ लाख २९ हजार ५४ जना संक्रमित कोरोना जितेर निको भइसकेका छन्। हाल देशभर १२ हजार ६८६ जना मात्र सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । उता आजै मात्र थप १६ सय २१ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्।
पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ सय ३७ पुगेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा