यूकेमा ९० वर्षीया महिलाले लगाइन् कोभिड -१९ विरुद्धको पहिलो खोप
हेल्थ टिभी अनलाइन : यूकेमा ९० वर्षीया महिला देशव्यापी कोरोनाभाइरस विरुद्धको खोप अभियान अन्तर्गत खोप लगाउने पहिलो महिला बनेकी छन्। आगामी साता ९१ वर्ष पुग्ने मार्गारेट कीननले खोपलाई सबैभन्दा राम्रो जन्मदिनको उपहार बताएकी छन्।
उनलाई स्थानीय समयअनुसार ६ बजेर ३१ मिनेटमा फाइजरर बायोएनटेकले विकास गरेको खोप दिइएको थियो। सो खोपको आठ लाख मात्रा आगामी केही सातामा यूकेमा लगाइने योजना छ।
यो महिनाको अन्त्यसम्ममा यूकेमा ४० लाखलाई खोप लगाइने बताइएको छ। सुरुमा ८० वर्षभन्दा माथिका र केही स्वास्थ्यकर्मीहरूलाई यो खोप दिइने छ।
कीननले भनिन्, ‘म कोभिड -१९ विरुद्धको खोप लगाउने पहिलो व्यक्ति हुन पाउँदा आफूलाई भाग्यमानी सम्झन्छु। मेरो लागि यो सबैभन्दा राम्रो जन्मदिनको उपहार हो। किनभने यसको अर्थ म अन्ततः परिवार र साथीसँग समय बिताउन सक्छु भन्ने हो।’
यूके फाइजरको खोपलाई अनुमति दिने पहिलो राष्ट्र हो। यूकेले सो खोपको चार करोड मात्रा किन्न फाइजरसँग सहमति गरेको छ।
बीबीसीबाट





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा