आज २० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १६१४ पुग्यो
१०१४ जना नयाँ संक्रमित थपिए
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १६१४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २० जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६१४ पुगेको हो ।
यसैगरी आज देशभर १०१४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ रहेको छ । यसैगरी हालसम्म २ लाख २७ हजार ४३३ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।
हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार ९४८ रहेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा