भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा प्राडा विष्णुदत्त पौडेल नियुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा प्राडा विष्णुदत्त पौडेललाई नियुक्त गरेको छ ।
मंसीर १८ गते बसेको मन्त्रीपरिषदको बैठकले डा पौडेललाई भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षको हुनेछ। यसअघि गैर सरकारी संस्थाले चलाउँदै आएको उक्त क्यान्सर अस्पतालको व्यवस्थापनमा समस्या देखिएपछि केही समय अघि मात्रै सरकारले उक्त अस्पताल आफ्नो स्वामित्वमा लिएको थियो ।
आज मात्र नियुक्ती पत्र बुझेका डा पौडेलले हेल्थ टिभी अनलाइनसँग संक्षिप्त कुरा गर्दै यस अस्पताललाई क्यान्सरको उपचारका साथै एकेडेमिक सेन्टरका रुपमा बिस्तार गर्ने योजना रहेको बताए । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा पौडेल यसअघि वीर अस्पतालमा कार्यरत थिए ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा