भेरी अस्पतालमा उपचाररत बर्दियाका कोरोना संक्रमितको मृत्यु
हेल्थ टिभी अनलाइन \बाँके : बाँकेको भेरी अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका अनुसार बर्दिया गेरुवा ५ का ७२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट आज बिहान मृत्यु भएको हो ।
उनमा मंसीर १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । रिपोर्ट पोजेटिभ आएपछि अस्पतालमा भर्ना गरेर उपचार गरिएको भए पनि स्वास्थ्यमा सुधार नआएपछि आइसीयूमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।
अवस्था बिग्रदै गएपछि रेम्डिसिभिर पनि चलाइएको भए पनि उनको उपचारकै क्रममा आज बिहान मृत्यु भएको हो । योसँगै बाँके जिल्लामा बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुने संक्रमितको संख्या ६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारसम्म नेपालमा १५ सय ९४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा