सक्रिय संक्रमितको संख्या १४ हजार २५५, मृत्यु हुनेको संख्या १५ सय ७७ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १४ हजार २५५ रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १४ हजार २५५ रहेको हो ।
पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै गएपछि आइसोलेसनमा सक्रिय संक्रमितको संख्या पनि घट्दै गएको हो । मन्त्रालयका अनुसार देशभर रहेका सक्रिय संक्रमितमध्ये ९ हजार २६३ जना होम आइसोलेसनमा रहेका छन्।
त्यसैगरी शनिबारसम्म आईसीयूमा उपचार भइरहेको संक्रमितको संख्या ३१२ रहेको छ भने उता भेन्टिलेटरमा ४५ जना सिकिस्त संक्रमितको उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणबाट हुने मृत्युदर शुन्य दशमलब ६५ प्रतिशत रहेको छ भने निको हुने दर ९३ दशमलब ४ प्रतिशत रहेको छ । नेपालमा हालसम्म १७ लाख ७८ हजार २४ जनाको पीसीआर परीक्षण गरिएको बताइएको छ ।
उता हालसम्म १५ सय ७७ जना संक्रमितको मृत्यु भएको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा