भरतपुर अस्पतालमा ४९ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु
हेल्थ टिभी अनलाइन \चितवन : चितवनस्थित भरतपुर अस्पतालमा एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । भरतपुर अस्पतालका अनुसार चितवन जिल्ला कालिका -४ का ४९ वर्षीय कोरोना संक्रमित पुरुषको बिहिबार राती ११ :२० बजे मृत्यु भएको हो ।
उनी मंसीर १३ गते श्वासप्रश्वासमा समस्या, कडा खोकी र उच्च ज्वरो लिएर अस्पताल आएका थिए । अस्पताल आए लगत्तै आइसीयूमा राखेर उपचार शुरु गरिएको थियो । बुधबारदेखि उनको स्वास्थ्यमा थप जटिलता आएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको भए पनि उनको स्वास्थ्यमा सुधार नआएको अस्पतालले जनाएको छ । उपचारकै क्रममा उनको हिजो राती कोरोना भाइरसका कारण कडा निमोनिया भएर मृत्यु भएको अस्पतालले जनाएको छ ।
नेपालमा बिहिबारसम्मको तथ्यांक अनुसार हालसम्म १५ सय ५१ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।





तपाईँलाई पाइल्स छ ? यस्तो गर्नुहोस् खानपान
नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा