२४ घण्टामा थप १४९० जनामा कोरोना संक्रमण, १५६७ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आज थप १४९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३६ हजार २४६ पुगेको छ । यी मध्ये हालसम्म २ लाख १८ हजार १६१ जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन्।
मन्त्रालयका अनुसार आजै मात्र देशभर १५६७ जना संक्रमित निको भएका छन्। यसैगरी पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ३८ पुगेको छ ।
उता अहिले पनि देशभर ६०५ जना कोरोनाको आशंकामा क्वारेन्टाइनमा रहेका छन्। आज सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ रहेको छ ।




ह्याम्स अस्पताल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सेवा सहकार्यमा सम्झौता
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै