आज विश्व एड्स दिवस मनाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज डिसेम्बर १ अर्थात विश्व एड्स दिवस । विश्वभरी नै एड्सकाबारेमा जनचेतना फैलाउनका लागि यो दिन दिवस मनाउने गरिन्छ ।
नेपालमा पनि एचआइभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यबद्धता तथा साझा जिम्मेवारी भन्ने नाराका साथ विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
एकिन तथ्यांक नभए पनि राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा हाल २९ हजार ५०३ जना एचआइभी संक्रमित रहेको अनुमान छ । धेरै संक्रमित समाजबाट अवहेलनाको डरले पहिचान नखुलाएर समाजमा रहेको अनुमान गरिन्छ ।
केन्द्रका अनुसार नेपालमा संक्रमितममध्ये ८० प्रतिशतमा असुरक्षित यौन सम्पर्कका कारण यो रोग सरेको पाइएको बताइएको छ । सन् २०३० सम्म एड्सको महामारीलाई अन्त्य गर्न सरकारको लक्ष्य रहेको छ । केन्द्रकी निर्देशक डा सुधा देवकोटाले कोरोना महामारीका बेला पनि एचआइभी संक्रमितले खाने नियमित औषधि अभाव हुन नदिएको जनाएकी छिन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण